गोरखा– १ मा एमालेका आरसी लामिछानेले गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५६
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेकाबाट आरसी लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार गोरखा क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको मनोनयन पत्रमा एमाले नेता सुजन सिंखडा प्रस्तावक रहेका छन् भने काजीराम रोका समर्थक बसेका छन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अहिले चुनावी सरगर्मी बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण