सरकारले कसैको पक्षधरता लिँदैन, सुशासनको मात्रै लिन्छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिवद्बध रहेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कसैको पक्षधरता नलिने बताए ।
मन्त्री अर्यालले सुशासन बाहेक अन्य कुरामा कसैको पक्षधरता नलिने बताए । संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकाले सरकार सोही बाटोमा अगाडि बढेको उनको भनाइ छ । सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तन्तरण गर्ने उनले बताए ।
फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने भन्दै उनले हिमपात लगायतका केही समस्या आएमा केही ठाउँहरुमा स्थगन हुनसक्ने बताए । विगतमा पनि केही स्थानमा स्थगन हुने गरेकाले त्यसलाई ठुलो समस्याको रुपमा लिन नहुने उनले बताए ।
‘यो सरकार चुनावी सरकार हो । चुनावी सरकार निष्पक्ष र तटस्थ हुनुपर्छ । निष्पक्षताको प्रत्याभूति हामी दिलाउँछौँ । हामी कुनै पक्ष होइन अहिले, खाली सुशासनको पक्षधर हो । सुशासनको पक्ष लिनुलाई कुनै पक्ष भन्न मिल्दैन,' मन्त्री अर्यालले भने, 'अरु राजनितिक विषयवस्तुको सन्दर्भमा हामीहरु कसैको पक्षधरता लिने भूमिकामा हामी छैनौँ । हामी निष्पक्ष भएर सबै सरोकारवालाहरुको विश्वास जितेर नै अगाडि बढ्छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण