दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिँदै
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुट्ने भएका छन् । प्रहरीले सोमबार उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति जारी भएका प्रसाईंसँग प्रहरीले बयान लिएको छ । प्रसाईंसँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अनुसन्धान अधिकृतको सिफारिसमा प्रसाईं हाजिर जमानीमा छुट्न लागेका हुन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग चौथो पटक भेटेपछि दुर्गा प्रसाईंले फागुन १ देखी घोषणा गरेको आन्दोलन रोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण