कास्की–१ मा १७ जनाको उम्मेदवारी, एक जना स्वतन्त्र
पोखरा । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा आगामी निर्वाचनका लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कास्कीले सार्वजनिक गरेको विवरणअनुसार उम्मेदवारी दिने राजनीतिक दलका नेताहरू १६ जना र अर्का एक जना स्वतन्त्र छन् । नेकपा एमालेबाट बैनबहादुर क्षत्री, नेपाली कांग्रेसबाट तिलक रानाभाट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खडकराज पौडेलले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, उज्यालो नेपाल पार्टीबाट मनिषा द्धा, प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट कर्ण बहादुर गुरुङ, राप्रपाबाट बाबुराम थापा र श्रम संस्कृति पार्टीका बिलबहादुर तामाङ लामाले उम्मेदवारी दर्ता गरे ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कुमार परियार, आम जनता पार्टीका हर्क बहादुर थापा, नेपाल जनमुक्ति पार्टीका मिन बहादुर दर्जी, नेशनल रिपब्लिक नेपालका यज्ञ बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा र नेपाल मानवतावादी पार्टीका आश बहादुर दमैको पनि उम्मेदवारी परेको हो ।
कृष्णबहादुर राउतले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए । उनले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोरदत्त बराललाई पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण