रामेछापमा १७ जनाको उम्मेदवारी दर्ता, पुराना नेतालाई नयाँको चुनौती
सारांश
- रामेछापमा फागुन २१ गते हुने निर्वाचनका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए, जसमा एमाले, कांग्रेस, र अन्य दलहरू सामेल थिए।
- माधवप्रसाद ढुङ्गेल, रामचन्द्र खड्का, र श्यामकुमार श्रेष्ठ लगायतका नेताहरूले उम्मेदवारी दिए, जसमा एक महिला उम्मेदवार पनि छिन्।
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा दलका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । उम्मेदवारी दर्तासँगै जिल्लामा सबै राजनीतिक दलको सक्रियता र उत्साह देखिएको छ ।
प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँगै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारहरूको समेत सहभागिता रहेको छ ।
एमालेबाट केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले उम्मेदवारी दिएका छन् । उनी अनेरास्ववियुका पूर्व अध्यक्ष तथा राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष भएर दुई कार्यकाल काम गरिसकेका नेता हुन् । ढुङ्गेल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका छन् ।
नेपाली कांग्रेसबाट रामचन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्का २०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए । शिक्षण पेसामा आबद्ध उनी लामो समय नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति भएर नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्व गृह राज्यमन्त्रीसमेत हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णहरि बुढाथोकी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङले उम्मेदवारी दिएका छन् ।
१७ जनामध्ये नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठ एक मात्र महिला उम्मेदवार हुन् भने बाँकी १६ जना पुरुष रहेका छन् । समावेशिताको दृष्टिले महिलाको सहभागिता न्यून देखिएको छ ।
स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबु काजी खड्का र सन्तोष घिमिरेले उम्मेदवारी दिएका छन् । अन्य दलहरूबाट श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीका यामबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीका बिरेन्द्र श्रेष्ठ, आम जनता पार्टीका पदमबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेकपा (माओवादी) बाट यमुनबहादुर बस्नेत उम्मेदवार बनेका छन् ।
निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण