बारा को ४ वटा निर्वाचन क्षेत्रमा ११२ जनाको उम्मेदवारी
सारांश
- बारामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचन क्षेत्र नं. १ मा २० जना, २ मा २९ जना, ३ मा २४ र ४ मा ३९ जनाको मनोनयन दर्ता भएको छ।
- विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले बाराका चार निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बाराको ४ वटा निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरी ११२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा प्रक्रियामा जिल्लाका ४ वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा २० जना, क्षेत्र नं २ मा २९ जना, ३ मा २४ र सबैभन्दा धेरै क्षेत्र नं ४ मा ३९ जनाले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नं १ बाट नेपाली कांग्रेसका शम्भु बुढाथोकी, एमालेका अच्युत मैनाली, नेपाली कम्युनिस्ट पार्टीबाट सन्तोष दंगाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमालले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं २ मा भने कांग्रेसबाट भैयाराम साह, नेकपा एमालेका बलबिर चौधरी, नेपाल कम्युनिस्ट पार्टी रमेश प्रसाद यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन सिंह रहेका छन् ।
बारा क्षेत्र नं ३ मा भने कांग्रेसका वरिष्ठ नेता सहमहामन्त्री फरमुल्ला मन्सुर, एमाले नेतृ ज्वालाकुमारी साह, नेकपाका भरतप्रसाद साह, रास्वपाबाट अरबिन्द साह रहेका छन् ।
बारा क्षेत्र नं ४ मा भने एमालेबाट कृष्णकुमार श्रेष्ठ (किसान), कांग्रेस उम्मेदार श्यामबाबु गुप्ता, नेकपाबाट अजय कुशवाहा र रास्वपाका उम्मेदवार रहबर अन्सारी रहेका छन् ।
जसपा, लोसपा गठबन्धनबाट भने बारा १ मा रामबाबु यादव, क्षेत्र नं २ मा रामकिशोर यादव, क्षेत्र नं ३ मा रामबाबु प्रसाद यादव र क्षेत्र नं ४ मा सन्जु साहले उम्मेदवारी दिएका छन् ।
४ वटै क्षेत्रमा एमालेले पुरानै अनुहार दोह्राएको छ भने कांग्रेसले फरमुल्ला मन्सुर बाहेक ३ वटा क्षेत्रमा नयाँ अनुहार ल्याएको छ । नेकपा र लोसपा, जसपा गठबन्धनमा भने नयाँ, पुराना मिश्रित अनुहार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण