मुम्बई इन्डियन्समाथि दिल्ली क्यापिटल्सको सानदार जित
सारांश
- वडोदरामा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्यो।
- मुम्बईले १५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई दिल्लीले १९ ओभरमा पूरा गर्यो।
- सिभर-ब्रन्टले अविजित ६५ रन बनाए भने दिल्लीका लागि श्री चरणीले ३ विकेट लिए।
वडोदरा । महिला प्रिमियर लिग (डब्लूपीएल) अन्तर्गत वडोदराको कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईले दिएको १५५ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्दै सिजनको दोस्रो जित दर्ता गर्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सको सुरुवात निकै खराब रह्यो। पावरप्लेमा मात्र २३ रन जोड्दा टोलीले सजीवन सजना र ह्याली म्याथ्युजलाई सस्तैमा गुमायो।
खराब सुरुवातपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर-ब्रन्टले पारी सम्हाल्दै अर्धशतकीय साझेदारी गरे। हरमनप्रीत ४१ रनमा आउट भए पनि सिभर-ब्रन्टले अविजित ६५ रनको योगदान दिइन्, जुन उनको डब्लूपीएल करियरको ११औँ अर्धशतक हो। दिल्लीका लागि स्पिनर श्री चरणीले घातक बलिङ गर्दै ३ विकेट लिइन्।
लक्ष्य पछ्याउने क्रममा दिल्लीलाई शेफाली वर्मा र लिजेल लीले आक्रामक सुरुवात दिलाए। यी दुईले ७ ओभरमा ६० रन जोडेपछि शेफाली २९ रनमा आउट भइन्।
लगत्तै लिजेल ली पनि ४६ रन बनाएर पेभिलियन फर्किइन्। मध्यक्रममा लौरा भोल्भार्ट र कप्तान जेमिमा रोड्रिग्सले सम्हालिएर ब्याटिङ गरे पनि १७औँ ओभरमा भोल्भार्ट १७ रनमा रनआउट भइन्।
अन्तिम ४ ओभरमा ३७ रन चाहिएको कठिन अवस्थामा कप्तान जेमिमाले विष्फोटक ब्याटिङ गर्दै खेललाई नियन्त्रणमा लिइन्। उनले दुई ओभरमै २३ रन जोडेर दबाब कम गरिन्।
जेमिमाले सानदार अर्धशतक पूरा गर्दै मारिजान क्यापसँग मिलेर टोलीलाई जितको रेखा पार गराइन्। मुम्बईका लागि डेब्यु गरिरहेकी वैष्णवी शर्मा र अमनजोत कौरले १–१ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण