गण्डकीमा नेमकिपा : पार्टी पनि भक्तपुरकै, उम्मेदवार पनि भक्तपुरे
पोखरा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी निर्वाचनका लागि गण्डकी प्रदेशका ७ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । प्रत्यक्षतर्फ उठाइएका ७ मध्ये ४ उम्मेदवार भने भक्तपुरबाटै पठाइएको छ । भक्तपुरलाई केन्द्रमा राखेर राजनीति गर्दै आएको नेमकिपाले संगठन नभएपनि निर्वाचनमा समानुपातिक मत बढाउनका लागि देशका अन्य क्षेत्रमा उम्मेदवारी दिएको हो ।
निर्वाचन कार्यालयहरूले दिएको विवरण हेर्दा ७ उम्मेदवारमध्ये ४ जनाको स्थायी ठेगाना भक्तपुर छ । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएको रामलक्ष्मी दुवालको घर भक्तपुर ४ हो । लमजुङ बाट चुनावी मैदानमा उत्रिएकी गुहेश्वरी प्रजापति (मगजु) पनि भक्तपुर नगरपालिका वडा नम्बर १० की स्थायी बासिन्दा हुन् ।
यता कास्की ३ बाट उम्मेदवारी दिएकी मिना न्हिसुतु भक्तपुर ८ घर भएकी नागरिक हुन् । भक्तपुर ४ कै ऐलिना सुवाललाई नेमकिपाले पर्वतबाट चुनावी मैदानमा उतारेको छ । अरू उम्मेदवार भने स्थानीय छन् । नेमकिपाको गण्डकीमा खासै बलियो उपस्थिति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण