स्ट्यान्ड-अप कमेडियन जाकिर खानले लिए विश्राम
सारांश
- लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले लामो ब्रेक लिने घोषणा गरेका छन्।
- उनले स्वास्थ्य र व्यक्तिगत कारणले सन् २०२८/२०२९/२०३० तिर स्टेजमा पुनरागमन गर्ने बताए।
- उनले आफ्नो स्वास्थ्य कमजोर भएको र चिकित्सकको सल्लाह अनुसार यो निर्णय लिएको बताए।
हैदरावाद । लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले स्टेज शोबाट लामो ब्रेक लिने घोषणा गरेका छन्। हाल आफ्नो विशेष शो 'पापा यार' को सिलसिलामा विभिन्न सहरको भ्रमणमा रहेका जाकिरले हैदरावादको शोका क्रममा दर्शकमाझ भावुक हुँदै अब आफू लामो समय स्टेजमा नदेखिने बताएका हुन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा जाकिरले हैदरावादको यो शो नै आफ्नो अन्तिम प्रस्तुति हुने सङ्केत गरेका छन्। उनले आफ्नो स्वास्थ्य र व्यक्तिगत कारणले यो निर्णय लिएको स्पष्ट पार्दै सन् २०२८, २०२९ वा २०३० तिर मात्रै स्टेजमा पुनरागमन गर्न सक्ने बताए। दर्शकप्रति आभार प्रकट गर्दै उनले आफूले पाएको अथाह मायाका लागि सधैँ ऋणी रहने बताएका छन्।
जाकिरले इन्स्टाग्राममार्फत पनि आगामी जुन २० सम्मका प्रत्येक शोहरू आफ्नो लागि उत्सव जस्तै हुने र यसपटक धेरै सहरमा पुग्न नसक्ने जानकारी दिएका छन्। उनले आफ्ना फ्यानहरूलाई केही कष्ट गरेर भए पनि आफू पुगेका सीमित सहरका शोहरूमा आइदिन आग्रह गरेका छन्।
स्वास्थ्य अवस्थाका बारेमा चर्चा गर्दै जाकिरले विगत एक वर्षदेखि आफू शारीरिक रूपमा ठिक नभएको खुलासा गरेका छन्। पछिल्लो १० वर्षदेखि निरन्तर भ्रमण, दिनमा दुई-तीनवटा शो, अनिद्रा र खानपानको अनिश्चितताका कारण आफ्नो शरीर कमजोर भएको उनले स्वीकार गरे।
सबैलाई खुसी बनाउने प्रयासमा आफ्नो स्वास्थ्यलाई बेवास्ता गरेको महसुस भएपछि चिकित्सकको सल्लाह बमोजिम उनले यो कठिन निर्णय लिएका हुन्। अब यो विशेष भ्रमणको रेकर्डिङ सकिएपछि उनी पूर्ण रूपमा विश्राममा जानेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण