कप्तान टेर स्टेगनले बार्सिलोना छाडे, जिरोनासँग लोनमा आबद्ध
सारांश
- बार्सिलोनाका कप्तान मार्क-आन्द्रे टेर स्टेगनले क्लब छाडे।
- नयाँ प्रशिक्षक हान्सी फ्लिकको टोलीमा नियमित खेल्न नपाउने भएपछि उनी लोनमा गए।
- उनले जर्मनीको विश्वकप टोलीमा स्थान बनाउन नियमित खेल खेल्न चाहेका छन्।
काठमाडौँ । बार्सिलोनाका कप्तान मार्क–आन्द्रे टेर स्टेगनले क्लब छाडेका छन् ।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको टोलीमा नियमित खेल्न नपाउने देखिएपछि उनले क्याटलान क्लब जिरोनामा ६ महिनाका लागि लोनमा जाने निर्णय गरेका हुन् ।
गोलकिपर जोआन गार्सियाको आगमन र प्रभावशाली प्रदर्शनपछि टेर स्टेगनले पहिलो रोजाइमा स्थान गुमाएका थिए । पछिल्ला सिजनमा अपेक्षित प्रदर्शन गर्न नसकेपछि क्लबले पनि गोलकिपिङमा नयाँ विकल्प खोजेको बताइएको छ । लामो समय चोटिल रहनु पनि उनको बहिर्गमनको कारण बनेको हो ।
आगामी विश्वकपलाई ध्यानमा राख्दै ३२ वर्षीय टेर स्टेगनले नियमित खेल समय पाउनुलाई प्राथमिकतामा राखेका छन् । जर्मनीका प्रशिक्षक जुलियन नागेल्समानको टोलीमा आफ्नो स्थान सुरक्षित गर्न उनले यो छोटो अवधिको लोन सम्झौता रोजेका हुन् ।
मुन्डो डेपोर्टिभोका अनुसार लोन सम्झौता टुङ्ग्याउनुअघि टेर स्टेगनले क्लबको ट्रेनिङ सेन्टरमा आफ्ना सहकर्मी र प्रशिक्षकहरूसँग बिदाइ भेट गरेका थिए । १२ सिजन क्लबमा बिताएका यी अनुभवी गोलकिपर ड्रेसिङ रुममा सम्बोधन गर्दा भावुक बने र आँसु रोक्न सकेनन् ।
उनले एक दशकभन्दा बढी समय घरजस्तै बनेको क्लब छाड्नु निकै कठिन भएको बताए । पछिल्ला केही महिना क्लब र उनीबिचको सम्बन्धमा केही चिसोपना आएको भए पनि बार्सिलोनाका लागि उनको योगदान अविस्मरणीय छ । सन् २०१४ मा स्पानियोलबाट बार्सिलोना आएका उनले क्लबका लागि २९१ लिग खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण