समाचार
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, ०९ माघ २०८२, १५ : २०
सारांश
- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
- निर्वाचन आयोगका अनुसार ५ जना उम्मेदवारविरुद्ध परेको दाबीमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ।
- नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चाैधरीकाे उम्मेदवारी खारेज भएकाे छ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।
आयाेगका अनुसरा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चाैधरीकाे उम्मेदवारी खारेज भएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण