दुई सय ५२ जना मोटरसाइकल चालक कारबाहीमा
सारांश
- कास्की प्रहरीले ‘अपरेसन ३६५’ अन्तर्गत २ सय ५२ जना मोटरसाइकल चालकलाई कारबाही गर्यो।
- प्रहरीले होहल्ला गर्ने र ध्वनि प्रदूषण गर्नेलाई कारबाही गर्यो, अनुसन्धानपछि परिवारलाई जिम्मा लगाइयो।
- सवारी नियम उल्लंघन गर्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ।
गण्डकी । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरु गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म २५२ मोटरसाइकल चालक कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको उक्त अपरेसनमा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याइएको हो । समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात् परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिस परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण