स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
सारांश
- नेपाली महिला क्रिकेट टोलीले स्कटल्याण्डविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।
- स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै १४० रन बनायो, जसमा प्रियनाज चटर्जीले ४५ रन बनाइन् ।
- नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्, र अघिल्लो चरण प्रवेशका लागि नेपाललाई जित्नैपर्ने दबाब छ ।
काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट, टोलीले स्कटल्यान्डबाट जितका लागि १४१ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४० रन बनाएको हो ।
स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रनको योगदान गरिन् । त्यस्तै एल्सा लिस्टरले २२ रन बनाउँदा सारा बिर्सिले १८ रनको योगदान गरिन् । बलिङतर्फ नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै मनिषा उपाध्यायले चार विकेट लिइन् ।
चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिन् । त्यस्तै रुबिना क्षेत्रीले तीन विकेट लिँदा रिया शर्मा, सीता राणा मगर र कविता जोशीले एक एक विकेट लिइन् । आजको खेलमा नेपाल जित्नै पर्ने दबाबमा छ यस अघि भएका तीन खेल मध्य एक खेलमा पराजित भएको नेपालले एक खेलमा जिम्बाब्वेलाई हराएको थियो ।
त्यसैले विश्वकप छनोटको अघिल्लो चरण प्रवेशका लागि आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । आजको खेलमा नेपालले जित निकाले पनि अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण