राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभई प्रतिस्पर्धा भएको बताएका छन् ।
दमकमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेदवारहरू प्रतिस्पर्धा नभई प्रतिशोध साँध्न मात्र आएको बताए ।
‘यहाँ केही साथीहरू प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरू यहाँबाट प्रतिस्पर्धा गर्न सिकेर जानुहुन्छ ’ कार्कीले भने ‘एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । एमालेले प्रतिशोधको राजनीति गर्दैन ।’
एमालेका उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ साल देखि नै प्रतिनिधित्व गरेकोले उनको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ ।
‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भने ‘अरू उम्मेदवारले आफ्नो परिचय दिँदै हिँड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण