पार्टनरनजिक पुग्नेबित्तिकै किन हराउँछ हाम्रा सबै थकान ?
सारांश
- पार्टनरलाई भेट्दा शरीरमा अक्सिटोसिन हर्मोन उत्पन्न हुन्छ, जसले आराम दिन्छ।
- पार्टनरसँगको कुराकानीले कोर्टिसोलको स्तर घटाउँछ, जसले थकान कम गर्छ।
- पार्टनरको साथले डोपामाइन रिलिज गर्छ, जसले मुड सुधार्छ र दिमागलाई सक्रिय बनाउँछ।
काठमाडौँ । कामबाट घर फर्कनुहुन्छ । दिनभरिको कामको थकान अनि तनावले टाउको भारी भइरहेको छ, तर घरमा पार्टनरलाई देख्नेबित्तिकै, ऊसँग कुरा गर्ने वा अँगालो हाल्ने बित्तिकै सबै थकान अचानक हराएको जस्तो लाग्न थाल्छ ? हामी प्रायः यसलाई प्रेम ठान्छौं, तर हाम्रो मस्तिष्क र शरीरमा हुने विशिष्ट परिवर्तनहरूका कारण यस्तो हुन्छ ।
अक्सिटोसिनको जादु
वैज्ञानिक भाषामा, यसलाई ‘प्रेम हार्माेन’ भनिन्छ । जब तपाईंले आफ्नो पार्टनरको हात समात्नुहुन्छ वा अँगाल्नु हुन्छ, मस्तिष्कमा ‘अक्सिटोसिन’ उत्पन्न हुन्छ । यो हार्माेनले शरीरलाई तुरुन्तै आराम दिन्छ र सुरक्षित महसुस गराउँछ । आफ्नो पार्टनरको नजिक पुग्नेबित्तिकै तपाईंको तनाव कम हुन थाल्नुको कारण पनि यही हो ।
कोर्टिसोल रिलिज
जब हामी थकित वा तनावमा हुन्छौं, हाम्रो शरीरमा तनाव हार्माेन कोर्टिसोल बढ्छ । पार्टनरसँग हसिमजाक गर्दा वा प्रेमिल कुराकानी गर्नाले कोर्टिसोल स्तर चाँडै कम हुन्छ । तनाव हर्माेन कम हुँदै जाँदा थकान स्वतः कम महसुस हुन थाल्छ ।
डोपामाइनको प्रभाव
आफूले माया गरेको मान्छे देख्दा हाम्रो मस्तिष्कले ‘रिवार्ड’ पाउँछ । डोपामाइनजस्ता ‘फिल–गुड’ हर्मोन निकाल्छ । आफूलाई मनपर्ने परिकार खाँदा वा पुरस्कार जित्दा तपाईंले अनुभव गर्ने खुसी यही हो । पार्टनरको साथले तुरुन्तै तपाईंको मुडमा सुधार आउँछ र थकित दिमागलाई पुनः सक्रिय बनाउँछ ।
सुरक्षाको भावना
सुरक्षित महसुस गर्दा मात्र हामीले पूर्ण रूपमा आराम गर्न सक्छौं भनेर मनोविज्ञान भन्छ । दुनियाँको भागदौड र कोलाहलमा हाम्रो दिमाग सधैं सतर्क रहन्छ, तर जब हामी आफ्नो पार्टनरको छेउमा बस्छौं, दिमागले पनि ‘अब सबै ठीक छ, तिमी आराम गर्न सक्छौं’ भन्ने सन्देश पाउँछ । यो मानसिक शान्तिले शारीरिक थकानलाई पनि कम गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण