बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बक्स अफिसमा ‘बोर्डर २’ को कमाल, अब ‘बोर्डर ३’ बन्ने पक्का

बुधबार, १४ माघ २०८२, १० : ०५
बुधबार, १४ माघ २०८२

सारांश

  • सनी देओल र वरुण धवनको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा राम्रो कमाई गर्दै 'बोर्डर ३' बन्ने घोषणा भएको छ।
  • 'बोर्डर २' ले विश्वभर २५० करोड भारुको आँकडा पार गर्‍यो र भारतीय बक्स अफिसमा सय करोडको क्लबमा प्रवेश गर्‍यो।
  • निर्माता भूषण कुमारले दर्शकको मायाका कारण फ्रेन्चाइजीलाई निरन्तरता दिने बताएका छन्, र अर्को भागमा पनि उनीहरूकै सहकार्य रहनेछ।

मुम्बई । सनी देओल र वरुण धवन स्टारर बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ ले प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा धमाका मच्चाइरहेको छ। दर्शक र समीक्षक दुवैको मन जित्न सफल यो फिल्मले ओपनिङ विकेन्डमा रेकर्डतोड कमाई गरेपछि निर्माताहरूले अहिले नै यसको अर्को भाग ‘बोर्डर ३’ को घोषणा गरेका छन्।

गणतन्त्र दिवसको अवसर पारेर २३ जनवरीमा रिलिज भएको ‘बोर्डर २’ ले चौथो दिनसम्म आइपुग्दा विश्वभर २५० करोड भारुको आँकडा पार गरेको प्रारम्भिक रिपोर्ट बाहिरिएको छ। भारतीय बक्स अफिसमा मात्रै फिल्मले सय करोडको क्लबमा सहजै प्रवेश पाइसकेको छ।

फिल्मको यो ऐतिहासिक सफलतालाई मध्यनजर गर्दै टी-सिरिजका प्रमुख भूषण कुमारले आधिकारिक रूपमा ‘बोर्डर ३’ बन्ने पुष्टि गरेका हुन्। भूषण कुमार र जेपी दत्ताको सहकार्य जारी रहने ‘बोर्डर २’ को निर्माण टी-सिरिज र जेपी फिल्म्सले मिलेर गरेका छन्। अब बन्ने ‘बोर्डर ३’ मा पनि भूषण कुमार, कृष्ण कुमार र जेपी दत्तासँगै निधि दत्ताको सहकार्य रहनेछ।

भूषण कुमारका अनुसार दर्शकले दिएको अपार मायाका कारण यो फ्रेन्चाइजीलाई रोक्न असम्भव छ। उनले भारतीय सेनाको शौर्य र देशभक्तिको गाथालाई अझ भव्य रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

अनुराग सिंहले निर्देशन गरेको ‘बोर्डर २’ सन् १९९७ को सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल हो। यस पटक सनी देओलसँगै वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीको मुख्य भूमिका छ।

विश्वभर फिल्मले गरिरहेको यो व्यापारले निर्माता र फ्यानहरूमा निकै उत्साह थपेको छ। यद्यपि २५० करोडको यो तथ्याङ्क अनुमानित भएको र वास्तविक संकलनमा केही थपघट हुन सक्ने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप