लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले विभिन्न विधेयकहरू सभामा पेस गर्नेछन्।
- सामाजिक विकास र स्वास्थ्य मन्त्रीहरूले पनि आ-आफ्ना विधेयकहरूमाथि छलफल गर्नेछन्।
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । सातौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्नेछन् ।
यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा समावेश गरिएको छ ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेस गर्ने कार्यसूची पनि समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण