अजित पवार सवार विमान दुर्घटना : यस्तो थियो महिला पाइलटको अन्तिम शब्द
सारांश
- महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ, जसमा पाँचै जनाको ज्यान गएको छ।
- बारामती विमानस्थलमा अवतरणका क्रममा बाक्लो कुहिरोका कारण विमान दुर्घटनाग्रस्त भयो, जसमा सह-पाइलटले अन्तिम शब्द 'ओह शिट' भनेकी थिइन्।
- उपमुख्यमन्त्री पवार पञ्चायत चुनावको जनसभालाई सम्बोधन गर्न बारामती जाँदै गर्दा दुर्घटना भएको थियो, जसमा उद्धार प्रयास असफल भयो।
मुम्बई । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा दुःखद निधन भएको छ। बुधबार बिहान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भएको चार्टर्ड विमान दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित विमानमा सवार पाँचै जनाको ज्यान गएको हो।
दुर्घटनामा सुरक्षा अधिकारी एचसी विदिप जाधव, पाइलट क्याप्टेन सुमित कपुर, क्याप्टेन साम्भवी पाठक र फ्लाइट एटेन्डेन्ट पिंकी मालीको पनि मृत्यु भएको छ।
- विमानभित्र गुन्जियो अन्तिम शब्द- 'ओह शिट'
दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि सह-पाइलट साम्भवी पाठकले ‘ओह शिट... ओह शिट’ भनेको अन्तिम शब्द सुनिएको थियो। मुख्य पाइलट सुमित कपुरले कुनै पनि आपत्कालीन सङ्केत (मेडे कल) पठाउन नपाउँदै विमान दुर्घटनामा परेको थियो।

बाक्लो कुहिरोका कारण रनवे नदेखिँदा पहिलो पटकको अवतरण प्रयास असफल भएको थियो। दोस्रो पटक अवतरण गर्न खोज्दा रनवे छुनुअघि नै विमान पल्टिएर जमिनमा बजारिएको हो।
- प्रत्यक्षदर्शीका अनुसार भयानक थियो दृश्य
प्रत्यक्षदर्शीहरूका अनुसार विमान जमिनमा खस्नेबित्तिकै ४–५ पटक ठुला विस्फोटहरू भएका थिए। विमानस्थल नजिकैको गाउँका बासिन्दाहरूले विमान रनवेभन्दा १०० मिटर पहिल्यै असामान्य रूपमा तल झरेको देखेका थिए। ‘विमान तल झर्दै गर्दा नै दुर्घटना हुन्छ भन्ने लागेको थियो, नभन्दै त्यस्तै भयो,’ एक प्रत्यक्षदर्शीले बताए।
विस्फोटपछि लागेको भीषण आगोका कारण स्थानीयले उद्धारको प्रयास गरे पनि कसैलाई बचाउन सकेनन्। दुर्घटना यति शक्तिशाली थियो कि विमानका टुक्राहरू उडेर गाउँका घरहरूसम्म पुगेका थिए।
निर्वाचन सभाका लागि जाँदै थिए पवार उपमुख्यमन्त्री पवार बुधबार बिहान ८:१० बजे मुम्बईबाट बारामतीका लागि प्रस्थान गरेका थिए। उनी महाराष्ट्रमा हुन लागेको पञ्चायत चुनावको जनसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै थिए।
बिहान ८:४५ बजे बारामती विमानस्थलमा अवतरणका क्रममा यो दुखद घटना भएको हो। सिसिटिभी फुटेजमा विमान खस्नेबित्तिकै आगोको मुस्लो र धुवाँ उडेको स्पष्ट देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण