दुर्घटना
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
बिहीबार, १५ माघ २०८२, ०७ : ४८
काठमाडौँ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो ।
घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण