सिरियाली राष्ट्रपति अल–शारा र पुटिनबिच भेटघाट
सारांश
- सिरियाका राष्ट्रपति अहमद अल-शाराले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका छन्।
- भेटमा रुसले सिरियामा आफ्नो सैन्य उपस्थितिलाई सुरक्षित राख्ने प्रयास गरेको देखिन्छ।
- राष्ट्रपति पुटिनले सिरियालाई स्थिर बनाउन अल-शाराका प्रयासलाई समर्थन जनाए।
मस्को । सिरियाका राष्ट्रपति अहमद अल–शाराले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । रुस भ्रमणका क्रममा उनले बुधबार मस्कोमा पुटिनलाई भेटेका हुन् ।
यस भेटलाई रुसले सिरियामा आफ्नो सैन्य उपस्थिति सुरक्षित राख्ने प्रयासका रूपमा हेरिएको छ । अल–शाराले एक वर्षअघि मात्र रुसका पुराना सहयोगी बशर अल–असदलाई सत्ताच्युत गरेका थिए ।
भेटअघि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति अल–शाराले सिरियाको एकता कायम राख्न र क्षेत्रीय स्थायित्वमा ऐतिहासिक भूमिका खेलेको भन्दै पुटिनलाई धन्यवाद दिएका थिए । रुसको सहयोगले देशमा स्थायित्व ल्याउन मद्दत पुगेको पनि उनले बताए ।
जवाफमा राष्ट्रपति पुटिनले सिरियालाई स्थिर बनाउने अल–शाराका प्रयासप्रति समर्थन जनाउँदै देशको भौगोलिक अखण्डता पुनःस्थापनातर्फ भइरहेको प्रगतिमा बधाई दिए ।
सिरियाली गृहयुद्धका एक दशकभन्दा बढी समय पुटिन र अल–शारा विपरीत धारमा उभिएका थिए । यही कारण रुसको सैन्य आधारहरूको भविष्यलाई लिएर मस्कोमा आशंका छ । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भेटवार्तामा सिरियामा रहेका रुसी सैनिकहरूको उपस्थितिबारे छलफल हुने स्पष्ट पारेका छन् । हाल रुसका सैनिकहरू ख्मेमिम हवाई अड्डा र टार्टुस नौसैनिक आधारमा तैनाथ छन् ।
यसै साता रुसले कुर्द–नियन्त्रित उत्तरपूर्वी सिरियाको कामिश्ली विमानस्थलबाट आफ्ना सैनिक फिर्ता बोलाएको खबर आएको थियो । यससँगै भूमध्यसागर क्षेत्रमा रहेका दुई आधार मात्र रुसका पूर्व सोभियत संघबाहिरका अन्तिम सैन्य चौकी बनेका छन् ।
शीतयुद्धकालदेखि नै सिरिया रुसको निकट सहयोगी रहँदै आएको छ । सोभियत संघले हाफिज अल–असद र पछि उनका छोरा बशर अल–असद नेतृत्वका शासनलाई व्यापक सैन्य र राजनीतिक सहयोग प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण