बुढीगण्डकी आयोजनामा लगानी गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल
सारांश
- चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अगाडि बढाउन आग्रह गरे।
- उनले निजी क्षेत्र लगानी गर्न तयार रहेको र मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने बताए।
- ढकालले निजी क्षेत्रमाथि भएको धरपकड र प्रहारले निजी क्षेत्र भयभीत भएको कुरा व्यक्त गरे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
बिहीबार धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।
उनले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए ।
उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरूको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए ।
नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताएका छन् ।
अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे ।
उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट र स्रोतमा सम्पन्न गर्ने गरेको समेत बताए ।
‘गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसायहरू मर्मत, सम्भार र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याइसकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट र स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,’ उनले भने ।
उनले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बनाए ।
‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजश्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ,’ उनले प्रश्न गरे ।
अध्यक्ष ढकालले स्थानीय रूपमा आयोजना गरिने मेला महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेला महोत्सवहरूलाई महासङ्घले सदैव प्राथमिकतामा राख्ने गरेको बताए ।
‘यस्ता मेला महोत्सवहरूले स्थानीय उत्पादन तथा सम्भावनाहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्छ । यसले स्थानीयस्तरमा आर्थिक गतिविधिहरु विस्तार गर्न, रोजगारी सृजना गर्न सहयोग पुर्याउने हुनाले हामीले यस्ता मेला महोत्सवहरूलाई विशेष महत्वका साथ अगाडि बढाउने गरेका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण