हलमा ‘द ब्लू लाइट’ र ‘आ बाट आमा’को भिडन्त, कस्तो होला व्यापार ?
सारांश
- शुक्रबारबाट दुई नेपाली फिल्म 'द ब्लू लाइट' र 'आ बाट आमा' देशभरका हलमा प्रदर्शनमा आएका छन्।
- 'द ब्लू लाइट' ले १२० भन्दा बढी शो पाएको छ, जसमा अर्पण थापा, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ।
- 'आ बाट आमा' ले १५३ शो पाएको छ, जसमा प्रदीप रावत र विपना थापा लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘द ब्लू लाइट’ र ‘आ बाट आमा’ एकसाथ देशभरका हलमा प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्मले देशभर एक अर्कासँग व्यावसायिक प्रतिस्पर्धा सुरु गरेका हुन् ।
यद्यपि, यी दुई नेपाली फिल्मलाई हल पाउन भने केही चुनौती देखिएको छ । आजैबाट प्रदर्शनमा आएको विदेशी फिल्म ‘प्राइमेट’ र विगतका हप्तादेखि प्रदर्शनमा रहेका फिल्महरू ‘परिवर्तन’ र ‘गोबर गणेश’लगायतले अझै केही शो ओगटेका छन् ।
फिल्म ‘द ब्लू लाइट’ र ‘आ बाट आमा’ पनि फरक कथामा बनेका फिल्म हुन् । फिल्म राम्रो भएको दुवै निर्माण पक्षको दाबी छ ।
फिल्म ‘द ब्लू लाइट’ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा सन्तोषजनक शो पाएको छ । फिल्मले देशभर करिब १ सय २० भन्दा बढी शोमा पाएको छ । बलिराम चौहानको निर्देशन रहेको यस फिल्ममा अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्लु लाइट’ एउटा मनोवैज्ञानिक थ्रिलर फिल्म हो । स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मको को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल हुन् ।
त्यस्तै ‘आ बाट आमा’ चन्द्र पन्तले निर्देशन रहेको फिल्म हो । भारतीय चर्चित अभिनेता प्रदीप रावतका साथै नेपाली कलाकारहरू विपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीको फिल्ममा अभिनय छ ।
आमाको कथामा बनेको यो फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको मेकिङ र कलाकारको लाइनअप बलियो रहेकाले फिल्म दर्शकको रुचिमा पर्ने बताइएको छ । फिल्मले देशव्यापी १ सय ५३ वटा शोज पाएको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा करण सिंह रसाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण