डराएर चुनावमा नगएका हुन् विप्लव ?
काठमाडौँ । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी नेतृत्व डराएर निर्वाचनमा भाग नलिएको हो कि भन्ने आशङ्का नराख्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौँमा भएको पार्टी ध्रुवीकरण कार्यक्रममा बोल्दै उनले पार्टीको लाइनका कारण निर्वाचनमा नगएको स्पष्ट पारे ।
‘केही मान्छेले विप्लव डराएर रोल्पा नगएको भन्दै होलान् । हामी साथीहरू यही देखेर नै भागे जस्तो लाग्छ । विप्लव डराएर निर्वाचनमा गएन’, उनले भने, ‘तपाईँहरू सबैलाई म स्पष्ट पार्न चाहन्छु । समाजवादमा पुग्ने हाम्रो तीव्र चाहना छ । पार्टीको लाइन छ । २०६४ सालमै मूल नेतृत्व निर्वाचनमा सहभागी नहुने भन्ने थियो । संसद् मात्रै एउटा माध्यम होइन ।’
जनतासँगै प्रशिक्षित गरेर काम गर्नु पनि एक साधन भएको उनले जिकिर गरे ।उनले भने, ‘कोही संसद्मा गएर सेवा गर्छन्, कोही जनताको बिचमा गएर सेवा गर्छन् । कसैले झाडु लगाएर पनि सेवा गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण