तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँछन्: राजन भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने दाबी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले यस्ता गतिविधिले मुलुकलाई युक्रेनको जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने खतरा रहेको बताए । विभिन्न भ्रम र लाञ्छना फैलाइरहे पनि मतदातालाई अलमलिन नहुने आग्रह गरे । डा. भट्टराईले यस्ता कुराहरूबाट मुलुकलाई जोगाउन विवेकपूर्ण मतदान आवश्यक रहेको जोड दिए । उनले भने, ‘२१ औं शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने, खरानीमाथि उभिएर त्यसको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्वहरुको बारेमा हामीले बुझ्नुपर्दछ । यदी हामी विवेकी मतदाताले त्यो कुरा बुझ्न सकेनौँ भने, हामी मात्रै होइन, हामी भन्दा पछिल्लो पुस्ता जुन हिसावबाट बहकिरहेको छ, त्यो बहकिएको पुस्ता, नवयुावाहरु र अलमलमा पारिएकालाई सही कुरा बुझाउन सकेनौँ भने यो मुलुकको भाग्य र भविष्य नचाहँदा नचाहँदै यदी तपाईं हामीले विवेक गुमायौँ भने यो मुलुकले युक्रेनको बाटो समाउन सक्छ ।’
सचिव भट्टराईले भ्रम छरेर विभिन्न लाञ्छना लगाउने काम भइरहे पनि अलमलिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण