रुपन्देही–५ मा प्रलोपाको निर्वाचन प्रचार कार्यालय उद्घाटन
शनिबार, १७ माघ २०८२, २२ : १५
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देहीमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गरेको छ।
- लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्थापना गरिएको कार्यालयको वामदेव क्षेत्रीले उद्घाटन गरे।
- फागुन २१ मा हुने निर्वाचनका लागि सुनिल चौधरी उम्मेदवार छन् र पार्टीले अभियान थालेको छ।
रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ का लागि निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, मैलवारमा स्थापना गरिएको उक्त कार्यालयको पार्टीका केन्द्रीय नेता वामदेव क्षेत्रीले शनिबार उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा पार्टी नेता गोविन्द केसी, छन्द पन्थी, लुम्बिनी प्रदेश अध्यक्ष यज्ञ पोखरेल, रुपन्देही जिल्ला प्रमुख कृष्णकुमार बन्जाडे लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो क्षेत्रमा प्रलोपा केन्द्रीय सदस्य सुनिल चौधरी उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका छन् । प्रचार कार्यालय उद्घाटनसँगै पार्टीले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण