विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ : इप्पान अध्यक्ष कार्की
सारांश
- इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत खपतको योजना नभएको बताए।
- उनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न दिनुपर्ने सुझाव दिए।
- कार्कीले विद्युत व्यापार र नीतिको सुधारमा जोड दिनुपर्ने बताए।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताए ।
दलहरूले उत्पादित विद्युत् निर्यात, खपत तथा व्यापारमा भएका नीतिलाई सुधार गर्ने बाचा गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।
‘विद्युत् उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् किनिदिने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुपर्यो,’ कार्कीले भने, ‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्यो । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण