हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छ : अध्यक्ष शाह
आइतबार, १८ माघ २०८२, ११ : ३६
सारांश
- हानका अध्यक्ष विनायक शाहले होटलमा खरबौं लगानी उपयोग हुन नसकेको बताए।
- उनले होटल क्षमताको पूर्ण उपयोग हुने नीति बनाउन सांसदहरुलाई आग्रह गरे।
- अध्यक्ष शाहले पर्यटन नीति कर्मचारी केन्द्रित भएको गुनासो गरे।
काठमाडौँ । होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरुमा खरबौँ लगानी भएपनि उपयोग हुन नसकेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुनेगरी सांसदहरूले नीति बनाइदिन अनुरोध गरे ।
उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरूलाई समस्या हुने गरेको सुनाए । ‘पर्यटकहरूको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यही अनुसार राज्यले नीति बनाउनुपर्यो,’ शाहले भने । उनले नेपाल टुरिजम बोर्डलाई प्राधिकरणको रूपमा लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण