‘ब्याटल अफ गलवान’ मा ट्रोल भइरहेको बारे के भन्छन् सलमान ?
सारांश
- सलमान खानले 'ब्याटल अफ गलवान'को टिजरमा देखिएको लुकलाई लिएर भइरहेको ट्रोलिङको जवाफ दिएका छन्।
- उनले उक्त दृश्य रोमान्स नभई कर्नलको गम्भीर सोच र जवानप्रतिको भरोसाको प्रतीक भएको बताए।
- 'ब्याटल अफ गलवान' सन् २०२० मा गलवान उपत्यकामा भएको सैन्य संघर्षमा आधारित छ र सलमान कर्नलको भूमिकामा छन्।
मुम्बई । बलिउड सुपरस्टार सलमान खानले आफ्नो प्रतिक्षित वार मुभी ‘ब्याटल अफ गलवान’ को टिजरमा देखिएको लुकलाई लिएर भइरहेको ट्रोलिङको जवाफ दिएका छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले सलमानको एउटा दृश्यलाई ‘रोमान्टिक भाव’ भन्दै आलोचना गरेपछि उनले ठट्टा गर्दै त्यसको वास्तविकता स्पष्ट पारेका हुन्।
सलमानका अनुसार त्यो दृश्य रोमान्स नभई एक जिम्मेवार कर्नलको गम्भीर सोच र आफ्ना जवानप्रतिको भरोसाको प्रतीक हो। हालै इन्डियन स्ट्रिट प्रिमियर लिग म्याचका क्रममा सलमानले टिजरको सोही दृश्य फेरि दोहोर्याउँदै भने, ‘अहिले कसैलाई यो रोमान्टिक लुक लाग्न सक्छ, तर म फिल्ममा कर्नल हुँ । यो एक कर्नलको लुक हो जसले आफ्नो टोली र जवानहरूको हौसला बढाउँछ।’
उनले ठट्टा गर्दै आफूले चाहेमा त्यस्तो लुक अरू पनि दिन सक्ने तर त्यसको अर्थ रोमान्टिक नहुने बताए। आफूमाथि हुने यस्ता आलोचनाले कुनै असर नगर्ने पनि उनले प्रस्ट पारे।
सन् २०२० मा गलवान उपत्यकामा भएको वास्तविक सैन्य संघर्षमा आधारित यस फिल्ममा सलमान खान कर्नल बी. सन्तोष बाबुको भूमिकामा देखिँदैछन्। अपूर्व लाखियाको निर्देशनमा बनेको यो फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री चित्रांगदा सिंह छिन् भने धेरै नयाँ अनुहारहरूले पनि अवसर पाएका छन्।
फिल्मको टिजर सलमानको जन्मदिनको अवसरमा डिसेम्बर २७ मा सार्वजनिक गरिएको थियो भने जनवरी २४ मा पहिलो गीत ‘मातृभूमि’ सार्वजनिक भइसकेको छ।
देशभक्ति र वीरताको कथा समेटिएको ब्याटल अफ गलवान आगामी १७ अप्रिल २०२६ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण