अपडेट
बालेनकाे चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन
आइतबार, १८ माघ २०८२, १३ : ५१
१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी रिपोर्टिङमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।
बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।
अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटाैलाकाे शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण