संविधान पुर्नलेखन र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा माओवादीको प्रतिबद्धता
सारांश
- माओवादीले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने प्रतिबद्धता जनाएको छ।
- पार्टीले शासकीय स्वरूप सहित २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ, जसमा स्थिर सरकारको कुरा उल्लेख छ।
- जनप्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने कुरा विप्लवले बताएका छन्।
काठमाडौँ । नेकपा(माओवादी)ले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
आइतबार पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गदै महासचिव नेत्रविक्रम चन्द विप्लवले शासकीय स्वरूप सहित २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
‘संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने छ । विज्ञहरू सम्मिलित मन्त्रीपरिषद्को व्यवस्था हुने छ । स्थिर सरकार, आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र रोजगारी प्रति राज्यको दायित्व हुने गरी राज्यको चरित्र नेपाली विशेषताको समाजवादमा आधारित हुने छ’, प्रतिबद्धता पत्रमा भनिएको छ ।
जनप्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने र जसको मुख्य काम ‘राष्ट्र र जनताप्रति उत्तर दायी भई कानुन निर्माण गर्नु’ विप्लवले स्पष्ट पारेका छन् ।
जनप्रतिनिधि सभाको काम राज्यका दीर्घकालीन नीति निर्माण गर्ने उल्लेख छ । राजनीतिक पार्टीहरूको रूपान्तरण र राज्यको अर्थपूर्ण पुनर्संरचनाका लागि नेपालको विविधता अनुरूप जनजाति,मधेसी, श्रमिक, महिला, किसान मजदुर, वैज्ञानिक, बुद्धिजीवी तथा सबै क्षेत्रको सहभागिता र समावेशिताको आधारमा सार्वजनिक संस्थाहरूलाई जनताप्रति उत्तरदायी, जिम्मेवार र पारदर्शी बनाउने विषयमा प्रतिबद्धता जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण