मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सारांश
- भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भयो।
- दुर्घटनामा घाइते भएका व्यक्तिलाई अस्पताल लगियो, तर डाक्टरले मृत घोषणा गरे।
- मोटरसाइकल चालक र पछाडि सवार एक जनाको अवस्था सामान्य छ।
झापा । यहाँको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रनाउ खड्काका अनुसार मृतक खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोषको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण