दिल्ली क्यापिटल्स प्लेअफमा : दुई पटकको च्याम्पियन मुम्बई बाहिरियो
सारांश
- महिला प्रिमियर लिगको खेलमा दिल्ली क्यापिटल्सले यूपी वारियर्जलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएको छ।
- यूपी वारियर्जले पहिले ब्याटिङ गर्दै १२२ रन बनाएको थियो, जसमा दीप्ति शर्माले २४ रन बनाइन्।
- दिल्लीले १२३ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो, लौरा वोल्वार्टले ४७ रन बनाइन्।
वडोदरा । वडोदरामा सम्पन्न महिला प्रिमियर लिग (डब्लूपीएल) को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सले यूपी वारियर्जलाई ५ विकेटले पराजित गर्दै एलिमिनेटरमा स्थान सुरक्षित गरेको छ। दिल्लीको यो जितसँगै दुई पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
८ खेलमा ४ जित र ४ हारसहित ६ अङ्क जोडेर दिल्ली तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भएको हो। रोयल च्यालेन्जर्स बेंगलुरु पहिलो र गुजरात जायन्ट्स दोस्रो स्थानमा रहँदै यसअघि नै प्लेअफमा पुगिसकेका छन्।
पहिले ब्याटिङ गरेको यूपी वारियर्जले २० ओभरमा ८ विकेट गुमाएर १२२ रनको सामान्य योगफल तयार पारेको थियो। टोलीका कुनै पनि ब्याटरले ३० रनको आँकडा छुन सकेनन्।
दीप्ति शर्माले २४, सिमरन शेखले २२ र शिखा पाण्डेले अविजित २३ रनको योगदान दिए। दिल्लीका लागि मारिजान क्यापले ३ विकेट लिइन् भने चिनेल हेनरी र श्री चरणीले समान २–२ विकेट हात पारे।
१२३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो। दिल्लीको सुरुवात औसत रहे पनि लौरा वोल्वार्टले ४७ रन र कप्तान जेमिमा रोड्रिग्सले २६ रनको महत्त्वपूर्ण इनिङ्स खेले। लिजेल ली १० र शेफाली वर्मा २९ रनमा आउट भए।
बलिङतर्फ यूपीका लागि दीप्ति शर्माले सर्वाधिक २ विकेट लिए पनि टोलीको हार टार्न सकिनन्। यो पराजयसँगै यूपी वारियर्ज तालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बिदा भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026