दोलखाको नागदह पुल निर्माण आयोजनाको सार्वजनिक सुनुवाइ हुने
सारांश
- दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने तामाकोसी नदी पुलको सार्वजनिक सुनुवाइ माघ २८ गते हुने भएको छ।
- पूर्वाधार विकास कार्यालयले अन्य मोटरेबल पुलहरूको पनि सार्वजनिक सुनुवाइको समय तालिका सार्वजनिक गरेको छ।
- झाङ्ग्राली, झ्याँकुखोला र मिल्ती खोला मोटरेबल पुलहरूको पनि सार्वजनिक सुनुवाइ हुने भएको छ।
दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ र वैतेश्वर गाउँपालिका वडा नम्बर ७ जोड्ने तामाकोसी नदी (नागदह) पुल निर्माण आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाइ हुने भएको छ । सोमबार पूर्वाधार विकास कार्यालय दोलखाले एक सूचना जारी गरी आयोजनास्थल नागदहमा माघ २८ गते सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिएको हो ।
पूर्वाधार विकास कार्यालयले नागदसहित अन्य स्थानका मोटरेबल पुलको पनि सार्वजनिक सुनुवाइ हुने समय तालिका प्रकाशित गरेको छ । दोलखाकै गौरीशङ्कर गाउँपालिका– ४ र बिगु गाउँपालिका– ४ जोड्ने झाङ्ग्राली मोटरेबल पुल, गौरीशङ्कर गाउँपालिका–२ र ३ जोड्ने झ्याँकुखोला पुल, मेलुङ गाउँपालिका–६ र रामेछापको मन्थली नगरपालिका १४ जोड्ने मिल्ती खोला मोटरेबल पुल निर्माण आयोजनाको सार्वजनिक सुनुवाइ हुन लागेको जनाएको छ ।
सूचनामा गौरीशङ्कर गाउँपालिका– ४ र बिगु गाउँपालिका– ४ जोड्ने झाङ्ग्राली पुल आयोजनाको माघ २६ गते, गौरीशङ्कर गाउँपालिका–२ र ३ जोड्ने झ्याँकुखोला पुल आयोजनाको माघ २७ गते, मेलुङ गाउँपालिका–६ र रामेछापको मन्थली नगरपालिका १४ जोड्ने मिल्ती खोला मोटरेबल पुल आयोजनाको माघ २९ गते सार्वजनिक सुनुवाइ हुने उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण