१६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै स्पेन
सारांश
- स्पेनले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
- नयाँ कानुनअन्तर्गत अवैध सामग्री नहटाउने सामाजिक सञ्जालका कार्यकारीहरूलाई आपराधिक रूपमा जिम्मेवार बनाइनेछ।
- यसअघि अष्ट्रेलिया, बेलायत, फ्रान्स र डेनमार्कले पनि यस्तै कदम अघि बढाएका छन्।
म्याड्रिड । स्पेनले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूलाई उमेर– प्रमाणीकरणसम्बन्धी कठोर प्रणाली लागू गर्न बाध्य पार्ने घोषणा गरेको छ । यस निर्णयसँगै अस्ट्रेलिया, फ्रान्स र डेनमार्कसँगै स्पेन पनि बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउन कडा नीति अपनाउने देशहरूको सूचीमा सामेल भएको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेजले दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा बोल्दै बालबालिकाहरू हुनै नहुने ठाउँमा भएको अनि लत, दुरुपयोग, अश्लीलता, हेरफेर र हिंसाले भरिएको डिजिटल संसारमा उनीहरूलाई एक्लै छोड्न नहुने बताएका थिए । यसलाई डिजिटल वाइल्ड वेस्ट भन्दै सरकारले अब बालबालिकाको सुरक्षा गर्ने उनको भनाइ थियो ।
नयाँ कानुनअन्तर्गत अवैध वा घृणायुक्त सामग्री समयमै नहटाउने सामाजिक सञ्जालका कार्यकारीहरूलाई आपराधिक रूपमा जिम्मेवार बनाइनेछ । साथै, एल्गोरिदममार्फत अवैध सामग्री फैलाउने व्यक्ति र प्लेटफर्मलाई पनि दण्डित गरिनेछ ।
कानुन बनाउने प्रक्रिया अर्को हप्तादेखि सुरु हुनेछ । यसअघि डिसेम्बरमा अष्ट्रेलियाले १६ वर्षमुनिका लागि फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत १० प्लेटफर्म प्रतिबन्ध गरेको थियो । बेलायत, फ्रान्स र डेनमार्कले पनि यस्तै कदम अघि बढाएका छन् ।
सान्चेजले स्पेनसहित छ युरोपेली देश मिलेर सामाजिक सञ्जाल नियमनलाई अझ कडा र समन्वयात्मक बनाउने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण