धादिङमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी
बुधबार, २१ माघ २०८२, १४ : २४
सारांश
- धादिङको गल्छी गाउँपालिकामा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
- गल्छी गाउँपालिका–१ बस्ने २४ वर्षीय विशाल खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- पीडितको उजुरीका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ।
धादिङ । धादिङको गल्छी गाउँपालिकामा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। गल्छी गाउँपालिका–१ बस्ने २४ वर्षीय विशाल खतिवडालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
विशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पीडितको उजुरीका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै आरोपीलाई समातेको जानकारी दिएको छ।
पक्राउ परेका खतिवडामाथि जबरजस्ती करणीको मुद्दामा आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको छ। घटनाको सम्बन्धमा थप तथ्य बुझ्न र प्रमाण संकलनका लागि प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण