निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको छ।
- आयोगले निर्वाचनमा घृणायुक्त आरोप प्रत्यारोप नगर्न र सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ।
- आयोगले निर्वाचनमा मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको छ र पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ।
काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएकाे छ ।
आयाेगका प्रवक्ता डा. टीकाराम पाेखरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएकाे हाे ।
निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन / प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेकाे हाे ।
प्रतिनिधि सभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको आयोगले अनुगमन गरिरहेको उनले बताए । आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ ।
छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण