महाशिवरात्रिमा ‘शिवांश’ : साधुको भेषमा अपराधको कथा
सारांश
- शिवांश: च्याप्टर १ फागुन १ गते प्रदर्शन हुने, जसमा शिवको भेषमा आपराधिक क्रियाकलाप देखाइनेछ।
- फिल्मले साधुको भेषमा हत्यामा संलग्न व्यक्तिको कथा प्रस्तुत गर्छ, प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।
- यो फिल्म रहस्यमय दिव्य शिला र त्यसले निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको छ।
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गते प्रदर्शनमा आउन लागेको फिल्म हो ‘शिवांश : च्याप्टर १’ । सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शिवको भेष धारण गरेर आपराधिक क्रियाकलाप देखाउने प्रयास गरिएको छ ।
बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रूर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ भन्ने ट्रेलरले प्रस्ट पारेको छ । जोगीको भेषको आवरणमा हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिको कथा फिल्मले भन्ने छ ।
पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढङ्गले प्रस्तुत गरेको बताइएको फिल्ममा अभिनेता प्रवीण खतिवडालाई साधुको लुक्समा देखाइएको छ । जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ । उनको शरीरमा खरानी, हातमा त्रिशूल र उनको आँखामा देखिएको उन्मादले फिल्ममा एक शक्तिशाली ‘एन्टी–हिरो’ वा रहस्यमयी पात्रको सङ्केत गर्छ ।
फिल्मको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुङ्गा) र त्यसले कलियुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको छ । ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरीको अनुसन्धान पनि देखिन्छ । यसले फिल्म केवल एउटा धार्मिक कथा मात्र नभएर आधुनिक युगमा पौराणिक शक्ति भेटिँदा उत्पन्न हुने द्वन्द्वमा आधारित रहेको बुझिन्छ ।
निर्देशक सन्तोषकुमार आत्रेय निर्देशित फिल्ममा प्रवीणको अलवा तेज गिरी, विमला लिम्बू, रुषा न्यौपानेको मुख्य भूमिका छ । विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायत कलाकारको अभिनय पनि फिल्ममा देख्न सकिन्छ ।
अञ्जान केसीको कथा रहेको फिल्मको स्क्रिन बारत लिम्बूको छ । अञ्जान केसी निर्माता रहेको फिल्मका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता शम्भु थापा हुन् । नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित ‘शिवांश ः च्याप्टर १’ ले दर्शकलाई नयाँपन दिने निर्देशक आत्रेय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण