टी-२० विश्वकप
वसिम र शराफुको अर्धशतक, यूएईद्वारा १ सय ७४ रनको लक्ष्य प्रस्तुत
मङ्गलबार, २७ माघ २०८२, १६ : ५३
सारांश
- यूएईले टी-२० विश्वकपमा न्युजिल्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ।
- यूएईका कप्तान मुहम्मद वसिमले ६६ रन र अलिशान शराफुले ५५ रन बनाए।
- न्युजिल्याण्डका म्याट हेनरीले २ विकेट लिए।
चेन्नई । टी–२० विश्वकप अन्तर्गत समूह डीको खेलमा यूएईले न्युजिल्याण्डसामु १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको हो ।
टोलीका लागि कप्तान मुहम्मद वसिम र अलिशान शराफुले अर्धशतकीय पारी खेले । दुवैले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।
कप्तान वसिमले नटआउट रहँदै ४५ बलमा ६६ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । शराफुले ४७ बलमा ५५ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।
मयंक कुमारले तीव्र गतिमा रन जोडे । उनले मात्र १३ बलमा २ चौका र १ छक्काको मद्दतले २१ रन बनाए ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले २ विकेट लिए भने जेकब डफी, लोकी फर्गुसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण