अफगानिस्तान र दक्षिण अफ्रिकाबिचको खेल दोस्रो सुपर ओभरमा
अहमदाबाद । टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार दक्षिण अफ्रिका र अफगानिस्तानबिचको खेल दोस्रो सुपर ओभरमा गएको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान १८८–१८८ रन बनाएका थिए ।
रोमाञ्चक खेल बराबरीमा टुंगिएपछि भएको पहिलो सुपर ओभरमा पनि दुवैले समान १७–१७ रन बनाएपछि खेल पुनः सुपरओभरमा धकेलिएको हो ।
यो यस सिजनको पहिलो सुपर ओभर खेल हो । यसअघि १२ खेल सम्पन्न भइसकेका छन् ।
नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । टोलीका लागि रायन रिकेल्टनले ६१ रन र क्विन्टन डी ककले ५९ रनको अर्धशतक प्रहार गरेका थिए । डेविड मिलर २० रनमा अविजित रहेका थिए ।
अफगानिस्तानका बलरमध्ये अजमतुल्लाह उमरजईले ३ विकेट लिए भने राशिद खानले २ विकेट झारे । फजलहक फारुकीले १ विकेट हात पारे ।
१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पनि २० ओभरमा १८८ रन नै जोड्यो । खेलको अन्त्यतिर अफगानिस्तानलाई जितका लागि ३ बलमा २ रन आवश्यक थियो। तर अन्तिम ओभरको चौथो बलमा फजलहक फारुकी रनआउट भएपछि खेल थप रोमाञ्चक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
-
डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
-
प्रश्नपत्र चुहावट घटना : छानबिन समिति विघटन गरी नयाँ बनाउन स्ववियुको माग
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण