बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म ‘पारस’ मा भित्रिइन् प्रियङ्का

बिहीबार, २९ माघ २०८२, १३ : ११
बिहीबार, २९ माघ २०८२

सारांश

  • अभिनेत्री प्रियङ्का कार्की फिल्म 'पारस' मा प्रवेश गरेकी छिन्।
  • कृषा चौँलागाईंको निर्देशन रहने फिल्ममा निखिल उप्रेती र जसिता पनि छन्।
  • निखिलको जोडी जसिता वा प्रियङ्का को हो भन्ने खुलाइएको छैन।

काठमाडौँ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो । फिल्म कृषा चौँलागाईंले निर्देशन गर्न लागेकी हुन् ।

फिल्मको कलाकारको रूपमा यसअघि निखिल उप्रेती, जसिता भित्रिएका थिए । फिल्ममा निखिलको जोडी जसिता कि प्रियङ्का ? भन्ने खुलाइएको छैन । जसिता फिल्ममा अनुबन्धित हुँदा अधिकांशले जसिताको अपोजिटमा निखिल उप्रेती हुने भनेर चर्चा गरेका थिए । तर अब प्रियङ्का कार्की पनि फिल्ममा जोडिएपछि को कसको जोडी हुन् भन्ने खुलाइएको छैन ।

एक्सन तथा सामाजिक कथामा फिल्म निर्माण हुने लागेको हो । फिल्मको विस्तृत जानकारी केही समयपछि दिइने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप