नवराज नेतृत्वको संयुक्त जनआन्दोलन समितिले भन्यो– पूर्वराजाको स्वागतमा विमानस्थलमा आउनु !
सारांश
- काठमाडौं प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि राजावादीहरूले पूर्वराजाको स्वागतका लागि आह्वान गरेका छन्।
- नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आह्वान गरेको छ।
- प्रशासनको निर्देशन विपरित प्रदर्शन भए झडप हुनसक्ने आशंका गरिएको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि राजा र राजसंस्था पक्षधरले फागुन १ गते सो क्षेत्रमा पूर्वराजालाई स्वागतका लागि उपस्थित हुन आह्वान गर्न छाडेका छैनन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्याली, जुलुस र भिडभाडका कार्यक्रम गर्न निषेध गरेको जनाएको थियो । प्रशासनले यस्तो सूचना जारी गरेको भोलिपल्ट आज बिहीबार नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलमा नागरिकलाई सहभागी हुन अपिल गरेका छन् ।
‘सबै मिलेर देश बचाउन र बनाउन निषेधको राजनीति अन्त्य हुनुपर्दछ भन्ने नागरिक तहमा आम सहमति छ । मूलतः राष्ट्रिय एकताको प्रतिक राजसंस्था बिना देश र जनताले खोजेको स्थायी निदान प्राप्त हुन सक्दैन भन्ने एकमत छ’, सुवेदीले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘यही सन्दर्भमा राजा ज्ञानेन्द्र भोलि फागुन १ गते झापाबाट राजधानी आगमन हुने कार्यक्रममा, दिनको १२ बजे त्रिभुवन विमानस्थल पुगेर भव्य स्वागतमा सरिक हुन राष्ट्रलाई माया गर्ने, शान्ति, सुव्यवस्था चाहने आम नागरिकलाई हार्दिक आह्वान गर्दछु ।’
यसअघि २०८१ चैतमा पनि सुवेदी नेतृत्वको समितिले तीनकुनेमा राजाको पक्षमा कार्यक्रम राखेको थियो । जहाँ गोली चल्न पुगेको थियो । प्रशासनको निर्देशन विपरीत फागुन १ गते राजावादीहरूले विमानस्थल आसपास प्रदर्शन गरेमा झडप हुनसक्ने आशङ्का सर्वसाधारणले गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण