ट्रम्पले खारेज गरे जलवायुसम्बन्धी ओबामा–कालीन महत्त्वपूर्ण निर्णय
सारांश
- ट्रम्प प्रशासनले ओबामाकालीन जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक निर्णय उल्ट्यायो, जसले हरितगृह ग्यासलाई खतरनाक मान्ने निष्कर्षलाई रद्द गर्यो।
- यस निर्णयले कार्बन उत्सर्जन नियन्त्रण गर्ने कानुनी आधारलाई कमजोर पार्ने र सवारी साधन सस्तो हुने ट्रम्प प्रशासनको दाबी छ।
- वातावरणविद्हरूले यस कदमलाई जलवायु नीतिमाथिको आक्रमणको रूपमा हेरेका छन् र यसले प्रदूषण बढाउने चेतावनी दिएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामा प्रशासनको समयदेखि लागू रहेको जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएका छन् । ट्रम्प प्रशासनले सन २००९ मा अमेरिकी पर्यावरण संरक्षण एजेन्सी (ईपीए)ले गरेको ‘इन्डेन्जरमेन्ट फाइन्डिङ’ अर्थात् हरितगृह ग्यास मानव स्वास्थ्यका लागि खतरनाक हुन भन्ने निष्कर्षलाई रद्द गर्ने घोषणा गरेको हो ।
यो निर्णय अमेरिकी संघीय सरकारले कार, उद्योग र ऊर्जा क्षेत्रमा कार्बन उत्सर्जन नियन्त्रण गर्न प्रयोग गर्दै आएको कानुनी आधार मानिन्थ्यो । ईपीएले सन् २००९ मा कार्बन डाइअक्साइड र मिथेनसहित छ प्रमुख हरितगृह ग्यासलाई मानव स्वास्थ्य र वातावरणका लागि खतरा ठहर गर्दै कडा नियमहरू लागू गर्ने बाटो खोलेको थियो ।
ह्वाइट हाउसले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठुलो नियमन हटाउने कदम भन्दै यसबाट सवारीसाधन सस्तो हुने दाबी गरेको छ । ट्रम्प प्रशासनका अनुसार नयाँ नियमले अटो उद्योगको लागत घट्ने र गाडीको मूल्य औसतमा करिब २ हजार ४०० डलरसम्म कम हुन सक्ने बताइएको छ । तर वातावरणविद् र सार्वजनिक स्वास्थ्य समूहहरूले यो निर्णयलाई जलवायु नीतिमाथिको सबैभन्दा ठुलो आक्रमण भनेका छन् । यसले प्रदूषण बढाउन, स्वास्थ्य जोखिम बढाउन र जलवायु परिवर्तन नियन्त्रण प्रयास कमजोर बनाउन सक्ने उनीहरू भन्छन् । पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यो कदमले अमेरिकी नागरिकलाई कम सुरक्षित र कम स्वस्थ बनाउने टिप्पणी गरेका छन् ।
यस निर्णयविरुद्ध चाँडै अदालतमा चुनौती आउने कानुनी विज्ञहरूले बताएका छन् । यसअघि अमेरिकाको सर्वाेच्च अदालतले ईपीएलाई हरितगृह ग्यास नियमन गर्ने अधिकार भएको ठहर गरिसकेको थियो । ट्रम्प प्रशासनले यसलाई आर्थिक राहत र उपभोक्ताको हितका लागि आवश्यक कदम भनेपनि आलोचकहरूले यसको प्रभाव आगामी वर्षहरूमा अमेरिकी जलवायु नीति र विश्वव्यापी वातावरणीय प्रयासमा गम्भीर पर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण