देशको भविष्य सुधारिएको कांग्रेससँग जोडिएको छ – प्रवक्ता
ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताएका छन् । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने उनको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने बताए ।
'सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,' उनले भने ।
प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्रयास गरिरहेको बताए । प्रचारप्रसारका गतिविधिबारे नियमित रुपमा जानकारी गराइने उल्लेख गर्दै उनले पार्टीको विषयमा विचार–विमर्श गर्दै जाने बताए । यही फागुन ६ गते जनकपुरमा पार्टीले जनसभा आयोजना गर्ने प्रवक्ता चालिसेले जानकारी दिए । कांग्रेससँगका अपेक्षा बुझ्न डबली कार्यक्रममार्फत कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
प्रवक्ता चालिसेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति नेपाली कांग्रेसको उच्च सम्मान रहेको उल्लेख गर्दै प्रचारप्रसारका गतिविधि विवेकपूर्ण हुने र जनताको घरदैलोमा सम्मानजनक तरिकाले उपस्थित हुने बताए । कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उहाँले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताए ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा तयार पारेको प्रतिज्ञापत्र आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण