चर्चबाट अपहरण भएका नाइजेरियाका नौ बालबालिका मुक्त
सारांश
- नाइजेरियाको चर्चबाट अपहरणमा परेका नौ बालबालिकालाई मुक्त गरिएको छ।
- उनीहरूलाई बेन्यु राज्यको चर्चबाट अपहरण गरिएको थियो र उद्धार गरिएको हो।
- अपहरणपछि राष्ट्रपतिले आपतकाल घोषणा गर्दै थप सुरक्षाकर्मी परिचालन गरेका थिए।
काठमाडौँ । मध्य नाइजेरियाको एक रोमन क्याथोलिक चर्चबाट गत हप्ता बन्दुकको नोकमा अपहरण गरिएका नौ बालबालिकालाई मुक्त गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेन्यु राज्यको एडो स्थानीय सरकारी क्षेत्रको सेन्ट जोन्स क्याथोलिक चर्चमा फेब्रुअरी ८ मा प्रार्थना गरिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो ।
अपहरणले नाइजेरियामा सामूहिक अपहरणको श्रृङ्खलालाई थप उजागर गरेको थियो । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाको गम्भीर सुरक्षा अवस्थालाई लिएर विशेष गरी संयुक्त राज्य अमेरिकाबाट अन्तर्राष्ट्रिय अनुसनधानका लागि दवाव परेको थियो ।
बेन्यु राज्यका गभर्नरका सल्लाहकार सोलोमन इओर्पेभले शनिबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उद्धार गरिएका छ बालिका र तीन बालक गरी कुल नौ जनालाई हेरचाह र परिवारसम्म पुग्नका लागि सहयोग भइरहेको छ ।”
“परम्परागत सुरक्षा र स्थानीय सुरक्षा दस्ताहरूबिचको प्रभावकारी सहकार्यको प्रशंसा गर्दै इओर्पेभले थपे, “उनीहरूको साहसले पीडितहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्यो।”
उद्धार कारबाहीका बारेमा थप विवरण दिइएको छैन।
बेन्यु नाइजेरियाको मध्य क्षेत्र क्षेत्रको एक भाग हो, जहाँ भूमि र प्राकृतिक स्रोतलाई लिएर किसान र गोठालाहरूबिच झडप हुनुका साथै सशस्त्र अपराधीहरूद्वारा नागरिकहरूलाई अपहरण गर्ने गरेका छन् ।
नाइजेरियामा अपहरणकारीलाई फिरौती दिने अभ्यास गैरकानुनी भए पनि सरकारले नियमित रूपमा नगद तिर्ने गरेको आशङ्का गरिएको छ।
एएफपीले टिप्पणीको लागि गरेको अनुरोधमा प्रहरीले तत्काल प्रतिक्रिया दिन चाहेन ।
गत वर्षको अन्त्यमा क्याथोलिक स्कूलका लगभग ३०० बालबालिका र कर्मचारीहरूलाई सामूहिक अपहरण गरी लगिएको थियो । उनीहरूमध्ये अझै धेरै घर फर्किसकेका छैनन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाइजेरियाका इसाईहरूले उत्पीडनको सामना गर्नुपरेको बताएका छन् । नाइजेरियाली सरकार र विज्ञहरूले उक्त आरोपको खण्डन गर्दै देशको असङ्ख्य द्वन्द्वले इसाई र मुस्लिम दुवैको ज्यान लिने गरेको बताएका छन् ।
अपहरणपछि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले नोभेम्बरमा आपत्काल घोषणा गरेका थिए र थप सैनिक र प्रहरीका लागि भर्ती अभियान सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण