धनुषसँग विवाहको हल्लामा मृणालको ठट्टा, ‘करोडौँ खर्च गर्दा नपाउने पब्लिसिटी सित्तैमा पाएँ’
सारांश
- अभिनेत्री मृणाल ठाकुरले धनुषसँग विवाहको हल्लाबारे रोचक प्रतिक्रिया दिइन्।
- सामाजिक सञ्जालमा विवाहको हल्ला फैलिएपछि उनले आफू काममा व्यस्त रहेको बताइन्।
- मृणालको आगामी फिल्म 'दो दीवाने सहर में' फेब्रुअरी २० मा रिलिज हुँदैछ।
मुम्बई । बलिउड अभिनेत्री मृणाल ठाकुरले दक्षिण भारतीय सुपरस्टार धनुषसँग आफ्नो विवाह हुन लागेको हल्लाप्रति निकै रोचक प्रतिक्रिया दिएकी छिन्।
पछिल्लो समय सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा मृणाल र धनुषले यसै वर्षको भ्यालेन्टाइन डेमा विवाह गर्न लागेको दाबीसहितका समाचार भाइरल भएका थिए। सोही विषयलाई लिएर अभिनेत्रीले मुख खोलेकी हुन्।
हालैको एक अन्तर्वार्तामा मृणालले यस्ता अफवाह फैलाउनेहरूलाई धन्यवाद दिँदै व्यङ्ग्य गरिन्। ‘मैले करोडौँ रुपैयाँ खर्च गरेर प्रचारप्रसार गरेको भए पनि सायद यति धेरै चर्चा पाउँदैनथेँ होला, जति यो हल्लाले दिलायो,’ उनले हाँस्दै भनिन्। सामाजिक सञ्जालमा मानिसहरूले आफ्नै ढङ्गले विवाहको मिति समेत तय गरिदिएको देख्दा आफूलाई अचम्म लागेको उनले बताइन्।
आफ्नो व्यक्तिगत जीवनका बारेमा स्पष्ट पार्दै मृणालले अहिले आफू पूर्ण रूपमा काममै व्यस्त रहेको जानकारी दिइन्। उनले ठट्टा गर्दै भनिन्, ‘अहिले मेरो पार्टनर केवल क्यामेरा मात्र हो।’
जीवनमा साँचो माया र पार्टनर आएको खण्डमा आफूले लुकाउनु पर्ने कुनै कारण नभएको र उचित समयमा आफैँले जानकारी दिने उनले स्पष्ट पारिन्। मृणालसँग नाम जोडिए पनि अभिनेता धनुषले भने यसबारे हालसम्म कुनै आधिकारिक टिप्पणी गरेका छैनन्।
मृणाल अहिले आफ्नो आगामी फिल्म ‘दो दीवाने सहर में’’ को प्रचारमा व्यस्त छिन्। सञ्जय लीला भन्सालीको निर्माण र रवि उदयवारको निर्देशनमा बनेको यो फिल्ममा उनी सिद्धान्त चतुर्वेदीसँग देखिँदैछिन्।
यो रोमान्टिक ड्रामा फिल्म फेब्रुअरी २० मा प्रदर्शनमा आउने तयारीमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण