बागमतीका खानेपानी मन्त्री तामाङलाई पितृशोक
सोमबार, ०४ फागुन २०८२, १२ : ३५
सारांश
- बागमती प्रदेशका मन्त्री कृष्णकुमार तामाङका पिता श्रीमान तामाङको निधन भएको छ।
- सिन्धुपाल्चोकको मेलम्चीमा ८३ वर्षीय श्रीमान तामाङको निधन भएको हो ।
- स्वर्गीय तामाङ नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए र उनको दाहसंस्कार तामाङ विधि अनुसार गरिनेछ।
हेटौँडा । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई पितृशोक परेको छ । सोमबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ थकनीस्थित आफ्नै निवासीमा मन्त्री तामाङका पिता श्रीमान तामाङको निधन भएको हो ।
नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका श्रीमान तामाङको ८३ वर्षको उमेरमा निधन भएको हो । मन्त्री तामाङका पिता केही समयदेखि अस्वस्थ रहेका थिए । मस्तिष्क घातबाट पीडित श्रीमान तामाङ नियमित रूपमा चिकित्सकको सम्पर्कमा रहेका थिए ।
उनको तामाङ विधि अनुसार मेलम्ची–४, थकनीस्थित ओख्रेनीचौरमा दाहसंस्कार गरिने मन्त्री तामाङका स्वकीय सचिव दीपेश खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण