पश्चिमी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
सारांश
- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ, जसले गर्दा मौसममा परिवर्तन आएको छ।
- कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ।
- गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण