दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिने
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान सुरु गरिनेछ।
- प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको थियो र उनले सरकारसँगको सम्झौता पूरा नभए बन्द गर्ने अभिव्यक्ति दिएका थिए।
- यसअघि पनि पक्राउ परेका प्रसाईं यसअघि हाजिर जमानीमा छुटेका थिए।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका हुन् ।
प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
प्रसाईंले सरकारसँगको सम्झौता पुरा नभए अनिश्चित कालीन बन्द गराउने र चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका छन् । उनी विरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने एसपी भट्टराईले बताए ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण