राजमार्गमा मकै बेचेरै गर्जो टार्दै भाउन्नेका स्थानीय
सारांश
- मोरङको बेलबारी-१० मा मकै पोल्ने व्यवसाय फस्टाएको छ, जहाँ २० भन्दा बढी स्थानीयको दैनिकी मकै बेच्नमै बित्छ।
- २५ रुपैयाँमा किनेको मकै ५० रुपैयाँमा बिक्री हुँदा दैनिक १५ सयसम्म आम्दानी हुने गरेको छ, जसले यात्रुलाई खाजाको गन्तव्य बनाएको छ।
- कोरोनाले होटल बन्द भएपछि सुरु भएको यो व्यवसायले स्थानीय रोजगारी र कृषिको व्यवसायीकरणमा टेवा पुर्याएको छ, किसानहरू व्यावसायिक मकैखेतीमा आकर्षित भएका छन्।
मोरङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी-१० स्थित भाउन्ने चोक अचेल पोलेको मकैको मुख्य केन्द्र बनेको छ। विगत सात वर्षदेखि मकै पोलेर जीविका चलाउँदै आएकी प्रमिला राई मात्र होइन, यहाँका २० भन्दा बढी स्थानीयको दैनिकी अहिले मकै पोल्ने र बेच्ने काममै बित्ने गरेको छ।
२५ रुपैयाँमा किनेको हरियो मकै पोलेपछि ५० रुपैयाँमा बिक्री हुने गरेको र यसबाट दैनिक औसत १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवसायीहरू बताउँछन्।
कोरोना महामारीका कारण होटल व्यवसाय ठप्प भएपछि मकै पोल्न थालेका रमेश कुँवरका अनुसार अहिले यो ठाउँ यात्रुहरूका लागि खाजा खाने आकर्षक गन्तव्य बनेको छ। राजमार्गमा चल्ने सार्वजनिक बस र निजी सवारी साधनमा यात्रा गर्नेहरू पोलेको मकै खानकै लागि यहाँ रोकिने गरेका छन्।
ताजा र स्वादिलो मकै पाइने भएपछि धेरै यात्रुहरू मकै पोलुन्जेल गाडी रोकेर थकाइ मार्ने गर्छन्। भाउन्ने चोकदेखि चिसाङ खोलासम्म मकैको व्यापार फस्टाएपछि स्थानीय किसानहरू पनि व्यावसायिक मकैखेतीतर्फ आकर्षित भएका छन्।
बाह्रै महिना हरियो मकैको माग हुने र उचित मूल्य पाइने भएपछि किसानहरूले अहिले सिजन अनुसार बाह्रै महिना मकै उत्पादनमा जोड दिन थालेका छन्। यसले एकातिर स्थानीयलाई रोजगारी दिएको छ भने अर्कोतिर कृषिको व्यवसायीकरणमा समेत ठूलो टेवा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण