होटलको कोठामा मृत भेटिइन् इजरायली निर्मात्री
सारांश
- प्रसिद्ध इजरायली निर्मात्री डाना इडेनको ग्रिसमा निधन भएको छ, उनी ५२ वर्षकी थिइन्।
- इडेन 'तेहरान' सिरिजको चौथो सिजनको छायांकनका लागि ग्रिसमा थिइन् र होटलमा मृत फेला परिन्।
- इजरायलको टेलिभिजन उद्योगमा उनको योगदान अविस्मरणीय रहेको बताइएको छ, पोस्टमार्टम रिपोर्टको प्रतीक्षा छ।
तेल अभिभ । इजरायली निर्मात्री डाना इडेनको ५२ वर्षको उमेरमा मृत्यु भएको छ । उनी ग्रिसको एक होटलमा मृत फेला परेकी छिन् । उनी एमी अवार्ड विजेता जासूसी थ्रिलर ‘तेहरान’ को सह–निर्मात्री हुन् ।
इजरायलको सरकारी टिभी कानले डाना इडेनको मृत्युको खबर प्रसारण गरेको थियो । सञ्चारमाध्यामहरुका अनुसार उनी ग्रिसमा ‘तेहरान’ को चौथो सिजनको छायाङ्कन गरिरहेकी थिइन् ।
इडेनले लामो समयसम्म कल र सन्देशहरूको जवाफ नदिएपछि उनका भाइ र दिदी होटलमा पुगेका थिए । यस क्रममा उनले दिदीलाई कोठामा मृत फेला पारेको बताइएको छ ।
मृत्युको कारण पत्ता लगाउन ग्रिस प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ । उनीहरूले होटलको सीसीटीभी फुटेज पनि जाँचिरहेका छन् । यस मामिलामा कर्मचारीहरूको बयान लिने काम पनि भइरहेको छ ।
डाना इडेनलाई इजरायलको सबैभन्दा सफल र प्रभावशाली टेलिभिजन निर्माताहरू मध्ये एक मानिन्थ्यो । उनी हिट सिरिज ‘तेहरान’ को सहनिर्माता हुन् । आफ्नो करियरभरि, इडेनले ‘सेभिङ द वाइल्डलाइफ’, ‘शी ह्याज इट’, ‘म्याग्पी’ र ‘शाकशौका’ जस्ता शोजबाट आफ्नो पहिचान बनाइन् । तर उनको तेहरान थ्रिलर सिरिज यति धेरै हिट भयो कि एप्पल टिभीले डिसेम्बरमा चौथो सिजनको लागि आर्थिक सहयोग गर्ने निर्णय गर्यो ।
सरकारी टिभी कानले इजरायली फिल्म उद्योगमा इडेनको योगदानलाई सजिलै बिर्सन नसकिने बताएको छ । ‘उनको व्यावसायिक र व्यक्तिगत विरासतले आउने धेरै वर्षसम्म इजरायली टेलिभिजनलाई आकार दिनेछ,’ समाचारमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण